काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट एकल नाम सिफारिस भएका बडूले नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सभापतिलाई पुष २२ गते एक पत्र लेख्दै आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

बडूले वक्तव्य जारी गर्दै पार्टीको उम्मेदवार जिताउन लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकपटक समानुपातिकमा पनि बसेका बडू २०४८ सालदेखि दार्चुलाबाट चुनाव लड्दै आएका थिए ।