काठमाडौं - सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न २ लाख रुपैया सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।