विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् ।
तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते कार्यकाल सकिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो ।कुलमानको कार्यकाल दोहोर्याउने चर्चा चले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । त्यसपछि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । हाल उनले नै प्राधिकरण सम्हालिरहेका छन् ।
तर, बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् । त्यसकारण पनि मन्त्रालयले शाक्यलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ । शाक्यले सोमबार नै पदबहाली गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस