त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’
खबर एक्सप्रेस
२०७६-०७-२० ११:०० मा प्रकाशित
Total Shares: 425
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।
पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।
२०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि शप बन्द छ । मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनःड्युटी फ्रि शप सञ्चालनको तयारी गरेको हो ।
आर्थिक अभियानबाट
फेसबुक पेज Like गर्नुहोस