देशभर एकैदिन सर्वाधिक ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा १८ हजार चार सय ७३ जनाकाे नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार ६ सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।
अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस