गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
खबर एक्सप्रेस
२०७९-०१-०६ ०८:१८ मा प्रकाशित
Total Shares: 185
काठमाडौं - सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश हरि फुयाँलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै कारवाही तत्काल कार्यान्वयन नगर्न भनेको हो। यस सर्वोच्चले विषयमा १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै सरकारविरुद्ध अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस