बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हेर्ने दिन (कुशे औँसी) का अवसरमा शुभकामना दिएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवंगत आमाको स्मरण गर्दै जीवित पिताप्रति सम्मान प्रकट गरेका हुन् ।
ओलीले आफू ४ वर्षको हुँदा आमा बितेको र आमाको धमिलो अनुहार मात्र सम्झनामा रहेको बताए । बुबाको मुख हेर्ने दिनको अवसरमा उनले ९६ वर्ष पुगेका बुबासँग आशीर्वाद लिएको पनि उल्लेख गरेका छन् ।
‘बुबा ९६ वर्षको हुनुभएको छ। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा चाहिँ पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ,’ ओलीले भनेका छन्।
बुबाको मुख हेर्ने दिनलाई पितृ सम्मानको प्रतीकात्मक दिनका रूपमा व्याख्या गर्दै ओलीले बुबा आमाप्रति आदर–सम्मान केवल विशेष दिनमा मात्र नभई सधैं गर्नुपर्ने धारणा व्यक्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस