काठमाडौं - सुसाइड नोट लेखेर बेपत्ता भएका 'द डेन्टल सिटी' अस्पतालका निर्देशक डा. दिगम्बर झा काभ्रेमा भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बेपत्ता भएका चिकित्सक केहीबेर अघि काभ्रे प्रहरीको सहयोगमा फेला परेको जानकारी दिइन्।

झा काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित अरनिको राजमार्गमा भेटिएका हुन् ।

फेसबुकमा सुसाइड नोट लेखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।