अहिलेसम्मै महंगो भयो सुन, कति छ आज ?
खबर एक्सप्रेस
२०७६-०९-२० ११:०० मा प्रकाशित
Total Shares: 430
काठमाडौं - साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।
आइतवार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो समय सुनको भाउमा निरन्तर वृद्धि भइरहेको छ । अघिल्लो दिन शुक्रवार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।
महासंघका अनुसार आइतवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस