विश्वासको मत नपाउने भएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिएँ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७८-०२-०७ ०१:१४ मा प्रकाशित
Total Shares: 496
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको बताएका छन् ।
बालुवाटारमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको बताएका हुन् ।
‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’ ओलीले भने ।
फेसबुक पेज Like गर्नुहोस