काठमाडौं - आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। ।

त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन भने १८ जनाको मृत्यु भएको छ । 

हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।