आरुखर्क माविको प्रधानाध्यापकमा खतिवडा नियुक्त
नुवाकोट-श्री आरुखर्क माध्यमिक विद्यालय बेलकोटगढी -१, नुवाकोटको प्रधानाध्यापकमा सुदर्शन खतिवडा नियुक्त भएका छन्।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र पौडेलले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो पदमा खतिवडा नियुक्त भएका हुन् ।गत जेठ २९ गते बसेको विद्यालय व्यवस्थापन समिति र अभिभावकको संयुक्त बैठकले खतिवडालाई नियुक्त गरेको हो ।
खतिवडाले आफुलाई विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुले विश्वास गरेर उक्त जिम्मेवारी दिएको भन्दै समुदायले अनुभुती गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै अहिले सामुदायिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावक बिचमा ठुलो खाडल रहेको र त्यो खाडल पुर्ने काम गर्ने जनाए ।
हाल विद्यालयमा प्रयाप्त मात्रामा प्राविधिक सामाग्रीहरु (ICT) रहेको त्यसको अधिकतम् प्रयोग गरि विद्यार्थीहरुला सिकाई सहजिकरण गर्ने र उनिहरुलाई आजको विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षामा जोड दिनु आफ्नो प्राथमिकता रहेको समेत बताए । खतिवडा २०६४ साल देखि शिक्षा क्षेत्रमा कृयाशील छन्।
२०३१ सालमा स्थापना भएको सो विद्यालयमा अहिले बालकक्षा देखि १० कक्षासम्मको पठनपाठन भैरहेको छ भने करिब २ सय हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।
फेसबुक पेज Like गर्नुहोस