काठमाडौं - सबैको चाहना स्वस्थ र फिट रहने हुन्छ । त्यसैले त फिटनेस सेन्टरदेखि जुम्बा एक्सरसाइजसम्ममा युवा पुस्ताको आकर्षण छ । स्वास्थ्य रहन व्यायाम गरेर मात्रै पुग्दैन । उचित आहार र पर्याप्त आराम पनि जरुरी पर्छ । त्यसैले, अब जान्नुहोस् व्यायामका दौरान आवश्यक खानेकुराबारे :

-व्यायाम गर्दा पसिना बग्ने भएकाले शरीरमा पानी कम हुन्छ । यसर्थ, पसस्त पानी पिउन आवश्यक छ । पानीले शरीरलाई ताजा राख्नसमेत मद्दत गर्छ ।

-जुम्बा डान्स गर्दा भने बढी पानी पिउनुहुँदैन । एकपटकमा दुई सय ५० देखि तीन सय मिलिलिटरसम्म पानी पिउँदा हुन्छ । यद्यपि दैनिक पाँच लिटर पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ । 

-स्वस्थ जीवनका लागि एक्सरसाइज जति महत्वपूर्ण छ त्योभन्दा बढी खानपान छ । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री मात्र नभई प्राकृतिक भोजन पनि आवश्यक छ । तर, यसको प्रतिफल आउन भने समय लाग्छ । 

-सन्तुलित रूपमा दैनिक कार्बोहाइड्रेट, प्रोटिन उपयोग गर्न आवश्यक छ । यसका प्रमुख स्रोत दूधजन्य पदार्थ, अन्डा चनालगायत खाद्यपदार्थ हुन् । यसरी एक्सरसाइज र खानाको ब्यालेन्स मिले मात्र शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । 

-पर्याप्त मात्रामा फलफूल र तरकारी खानुपर्छ ।