अस्पतालमा आगलागी हुँदा ६ जनाकाे ज्यान गयो
खबर एक्सप्रेस
२०७७-१२-१३ ११:५२ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो ।
अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस