प्रभु बैक र खल्ती बालेट सम्झौता
काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।
साझेदारी अनुसार बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् ।
खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने पनि बैकले जनाएको छ ।
यो सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पु¥याउने अपेक्षा बैंक र खल्ती वालेटले गरेका छन् । सम्झौता अनुसार बैंकले भर्चुअल मेसिन उपलब्ध गराउने छ ।
जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ ।
स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिंक गर्ने, ई बैंकिग, मोबाइल बैंकिग,बैंक स्मार्ट, बैंकिग चेकआउट आदान प्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस