प्रधानमन्त्रीको डायलासिस हरेक शनिबार गरिने
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 445
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्येक शनिबार डायलासिस गरिने भएको छ ।
शनिबार काम केहि कम हुने र आराम गर्ने समय मिल्ने भएकाले शनिबार डायलासिस गर्ने गरी तय गरिएको बताइएको छ ।
गत शनिबार पनि ओलीको डायलासिस गरिएको थियो।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस हुँदै आएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओलीको फेरि नयाँ मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको बुझिएको छ ।
फेसबुक पेज Like गर्नुहोस