काठमाडौं - मिर्गौला प्रत्यारोपणको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए ।

प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

यस्तै प्रधानमन्त्रीका मिर्गौला दाता अर्थात् उनकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।