‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता
खबर एक्सप्रेस
२०७७-०१-११ १२:०३ मा प्रकाशित
Total Shares: 446
काठमाडौं - नवनिर्वाचित पार्टी ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहिबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो । पार्टीको दर्ता नं. १३८८ छ ।
जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए । बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस