उपनिर्वाचन : मौका परीक्षामा दल, ३७ जिल्ला, ५२ पद, ३३४ उम्मेदवार
काठमाडौं - राजनीतिक दलहरू दुई वर्षपछि फेरि चुनावी माहोलमा होमिएका छन् ।
०७४ को वर्षामा भएको स्थानीय निर्वाचन र हिउँदमा भएको संसदीय निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको ठाउँमा उपनिर्वाचन हुन थालेको हो । कतिपय उम्मेदवारको निधन भएको छ भने स्थानीय तहका केही जनप्रतिनिधि जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले पद रिक्त भएको थियो ।
केन्द्र र स्थानीय सरकारको दुईवर्षे कामको समीक्षापछि दलहरू यो ‘मौका परीक्षा’मा सामेल भएका छन् । निर्वाचन ३७ जिल्लामा हुन लागेकाले पनि देशैभर चुनावी माहोल छ । १४ मंसिरमा प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सदस्यका लागि निर्वाचन हुँदै छ ।
बाँकी ४८ पदमा स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् । एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि निर्वाचन हुँदै छ । स्थानीय तहका ४८ पदका लागि दुई सय ७३ जना प्रतिस्पर्धामा छन् । नयाँ पत्रिकाबाट
फेसबुक पेज Like गर्नुहोस