फेरि घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-०८-१५ १२:१३ मा प्रकाशित
Total Shares: 328
काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन तोलामा ७०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस