काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने भएका छन् ।

उनले दिउँसो २ बजेअघि राजीनामा दिने तयारी गरेका हुन् ।

त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताइएको छ ।

उनी रास्वपाका बरिष्ठ नेता तथा केन्द्रीय सदस्य हुन् । उनलाई रास्वपाले प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।