काठमाडौं - अकुत सम्पत्ति आर्जनमा अर्का नायबसुब्बा थपिएका छन्– मदनप्रसाद गुप्ता ।

अख्तियारले मालपोत कार्यालय सिमराका तत्कालीन नासु गुप्ताविरुद्ध १५ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाएको छ । उनी मालपोत कार्यालय कलैया बारामा दरबन्दी भई सिमरामा कार्यरत थिए ।

२७ वर्षे जागिरेकालमा उनको खर्च तथा लगानीको तुलनामा आम्दानी कम देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए । अख्तियारको अनुसन्धानले ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध आर्जन ठह¥याएको छ । यो सम्पत्ति तलब पारि श्रमिक, बचत, आय, घरजग्गा बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा, छोरा रकीको आय, घरबहाल आयसमेत गरी हो ।

जम्मा १९ करोड ३६ लाख ६५ हजार खर्च तथा लगानी देखिएको प्रवक्ता कोइरालाले सुनाए । १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्ति स्रोत नखुलेको पाइएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट