उहाँको हारजित देशको हारजितसँग जोडिएको छ : योगेश
काठमाडौं - नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित एकजना ओलीको मात्र नभई यो देशको हारजित भएको बताएका छन् ।
झापा-५ मा ओलीलाई भोट माग्दै भट्टराईले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ । नेपालीत्वसँग जोडिन्छ । नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ । केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो । राष्ट्रियतालाई माथि उठाउने कुरा हो । हामी नेपाली हुँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो ।’
पार्टीका आन्तरिक विषयलाई धेरै ठूलो चर्चा परिचर्चा नगर्न उनको आग्रह थियो ।
स्थानीय तहदेखि संघसम्म कोही संसद, कोही पार्टीमा बसेर साथै केहीले जनसंगठनमा रहेर आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस