सुनको मूल्य तोलामा २४ सयले बढ्यो
खबर एक्सप्रेस
२०८०-०२-१६ १२:२५ मा प्रकाशित
Total Shares: 77
काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन तोलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस