नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, एकैदिन २८ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । क्वारेन्टिनमा भने ६६९ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस