चीनमा रहेका १८० नेपाललीले दिए स्वदेश फर्किन आवेदन
काठमाडौं - चीनको हुबेइ प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कनको लागि आवेदन दिएका छन् । उनीहरुले आइतबार आवेदन दिएका चीनमा रहेका नेपाली दूतावासले जनाएको छ । दूतावासले आवेदन दिनेहरुको फर्कन चाहानेको नाम सार्वजनिक गर्दै आफ्नो नाम रहे, नरहेको यकीन गर्न आग्रह गरेको छ ।
सूचीमा नाम नभएमा व्यक्तिगत विवरणसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । चीनबाट फर्कनेहरुलाई राख्नका लागि सरकारले उपयुक्त स्थानको समेत खोजी गरिरहेको छ ।
चिकित्सको निगरानी सहितको विशेष ठाउँ चाहिने भएकाले त्यस्तो ठाउँ खोज्ने गृहकार्य भइरहेको मन्त्रालयले जनाएको हो । कोरोना प्रभावित क्षेत्रबाट ल्याएका नेपालीलाई घर पठाउनुअघि दुई हप्तासम्म निगरानीमा राखेर भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नुपर्ने भएकाले ठाँउ बनाउने तयारी भइरहेको हो ।
त्यसका लागि कीर्तिपुर, स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्र, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्पताल लगायतका ठाउँबारेमा छलफल भैरहेको छ । उपचारको लागि ५० शैयासम्मको आईसोलेसन वार्ड बनाउने जिम्मा भने नेपाली सेनालाई दिने तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस