काठमाडौं - नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए । 

उनलाई थप उपचारका लागि फारवानिया अस्पताल लगिएको थियो ।

उनको अवस्था सामान्य रहेको तर एक दिन अस्पतालमै राख्ने चिकित्सकले बताएपनि पछि डिस्चार्ज गर्न मिल्छ भन्ने सल्लाह अनुसार डिस्चार्ज गरिएको हो । 

समूह चरणमा कुवेतविरुद्धको खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।