रोल्पा - प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन (अनन्त) विजयी भएका छन्। उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन्। २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका अनन्तले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्। 

१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन्। 

रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए। नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन्।