काठमाडौं - जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ ।

पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रिन लागेको हो ।

नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ । यसअघि गएको आइतवार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले चुकेको थियो । 

नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गरेको हो ।

समूह ‘सी’ मा नेपालसहित दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् ।