कांग्रेस विशेष महाधिवेशन : ९ बजेबाट बन्दसत्र सुरु हुने
खबर एक्सप्रेस
२०८२-०९-२९ ०७:४३ मा प्रकाशित
Total Shares: 14
काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुँदैछ ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुन लागेको हो ।
उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिए नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए ।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजै बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस