भ्रष्टाचारबारे निडर भएर लेख्नुस् : सभापति देउवा
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार, अनियमितताका बारेमा निडर भएर समाचार लेख्न पत्रकारलाई आग्रह गरेका छन्। प्रेस युनियनले स्थापना दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा देउवाले यस्ताे बताएका छन् ।
स्वास्थ्य सामग्री खरिदलगायतमा भ्रष्टाचार भएको विवरण सञ्चार माध्यममा आएपछि अस्थिरता फैलाएको आरोप लगाउने काम भएको भन्दै उनले निडर भएर लेख्न आग्रह गरेका हुन्।
‘स्वास्थ्य सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण सञ्चार माध्यममा आए। तपाईंहरूले निडरतापूर्वक लेख्नु भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै सञ्चार माध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाउनुभयो।’ देउवाले प्रधानमन्त्री ओलीलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न आग्रह गरेका छन्।
फेसबुक पेज Like गर्नुहोस