काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य भने केही रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।