मानवअधिकार आयोग पर्व बिदाको दिनपनि खुल्ला रहने
खबर एक्सप्रेस
२०७६-०६-१७ ११:०० मा प्रकाशित
Total Shares: 717
काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दसैं तिहार तथा छठ पर्वको बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुल्ला रहने भएको छ ।
आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुल्ला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस