व्यवसाय ठप्प रहेको अवस्थामा कर तिर्न ताकेता गरेकोमा कांग्रेसको आपत्ति
काठमाडौं - उद्योग व्यवसाय बन्द भएको अवस्थामा सरकारले कर तिर्न ताकेता गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्न आब्हान गरेका हुन् ।
उनले आज ट्वीट गर्दै सांसद विकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प व्यवसायलाई कर ताकेता गर्दै सरकारको कार्य गलत भएको बताएका छन् । उनले कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प नभएको पनि उल्लेख गरेका छन् ।
उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न पनि गरेका छन । कांग्रेस संसदीय दलले पनि ब्यवसाय बन्द भएको समयमा करको ताकेता गरेको भन्दै आपत्ति जनाएको छ ।
विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले उल्लेख गरेका छन् ।
जेठ २५ गतेभित्र कर तिर्न आन्तरिक राजश्व विभागले हिजो सूचना प्रकाशित गरेको थियो । ब्यवसाय बन्द भएको अवस्थामा कर तिर्न आब्हान गरेको भन्दै उद्योगी ब्यवसायीले समेत आक्रोश ब्यक्त गरेका छन् ।लमा ुनिसर्गु चक्रवातको आंपशिक प्रभाव, कस्तो रहला आजको मौसम पुरै

.gif)




फेसबुक पेज Like गर्नुहोस