काठमाडौं - उद्योग व्यवसाय बन्द भएको अवस्थामा सरकारले कर तिर्न ताकेता गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्न आब्हान गरेका हुन् ।

उनले आज ट्वीट गर्दै सांसद विकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प व्यवसायलाई कर ताकेता गर्दै सरकारको कार्य गलत भएको बताएका छन् । उनले कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प नभएको पनि उल्लेख गरेका छन् ।

उनले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न पनि गरेका छन । कांग्रेस संसदीय दलले पनि ब्यवसाय बन्द भएको समयमा करको ताकेता गरेको भन्दै आपत्ति जनाएको छ ।

विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले उल्लेख गरेका छन् ।

जेठ २५ गतेभित्र कर तिर्न आन्तरिक राजश्व विभागले हिजो सूचना प्रकाशित गरेको थियो । ब्यवसाय बन्द भएको अवस्थामा कर तिर्न आब्हान गरेको भन्दै उद्योगी ब्यवसायीले समेत आक्रोश ब्यक्त गरेका छन् ।लमा ुनिसर्गु चक्रवातको आंपशिक प्रभाव, कस्तो रहला आजको मौसम  पुरै