तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं - सत्तारुढ दलहरुले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय गरेका हुन् ।
बैठकमा मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय भएको तर मन्त्रालय भागबन्डाबारे छलफल नै नभएको सहभागि एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागि थिए ।
छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी थिए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादीबाट नारायणकाजी श्रेष्ठ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ र समाजवादीबाट राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी थिए ।
फेसबुक पेज Like गर्नुहोस