‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ’ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति विश्वजगतको ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार ७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको दाबी गरेका हुन् ।
‘हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ’, उनले भने, ‘हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं ।’
यस्तै, उनले सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने पनि बताएका छन् । ‘समृद्धिको दिशामा अघि बढिरहे नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको छ’ उनले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’
फेसबुक पेज Like गर्नुहोस