कोरोना भाइरसबाट मृत्यु भएकाहरुलाई आफन्तले भेट्न नपाउने
एजेन्सी - नोवेल कोरोना भाइरसको कारण मृत्यु भएकाहरुलाई आफन्तहरुले भेट्न नपाउने भएका छन् । चीनले कोरोना भाइरसको संक्रमण रोक्नको लागि आइतबार जारी गरेको एक निर्देशिकामा उक्त कुरा उल्लेख भएको हो ।
त्यस्तै निर्देशिकामा चीनले दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार अब त्यहाँको प्रशासनले अन्तिम दर्शन कार्यक्रम जस्ता परम्परालाई पनि प्रतिबन्ध लगाएको छ । शवलाई टाढा लगेर दाहसंस्कार गर्न नपाउने कुरा पनि उल्लेख छ ।
उक्त निर्देशिका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग, नागरिक मामिला मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले जारी गरेको हो ।
भाइरसको कारण मृत्यु हुनेहरुको शवलाई स्वास्थ्यकर्मीहरूले सिल ब्यागमा राख्ने गरेका छन् । हालसम्म कोरोना भाइरसको कारण चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने फिलिपिन्समा पनि एक जनाको ज्यान गइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस