काठमाडौं - मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ ।

सडक विभागका अनुसार मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको हो । जोगमाईको बेली ब्रिज पनि बगेको छ ।

सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ ।

मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको छ ।