नेशनल लाइफ इन्स्योरेन्सले १७.५ प्रतिशत लाभांश दिने
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 342
काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्सले गत वर्षको आम्दानीबाट १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश वीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
फेसबुक पेज Like गर्नुहोस