जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान
काठमाडाैं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ। जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ।
जापान सरकारले प्रदान गर्ने 'ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो। पौडेललाई नेपाल जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मान स्वरुप सो अवार्ड दिइएको बताइएको छ।
त्यसैगरी पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेला जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटी गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस