प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अवरोध कायमै रहने
खबर एक्सप्रेस
२०७८-११-२२ ०९:३० मा प्रकाशित
Total Shares: 492
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस