काठमाडौं - निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एक जनालाई युट्युवरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिक रहेका छन् ।

प्रतिक खड्का नामक युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् । 

युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा उनलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।