काठमाडौं - सरकारले विभिन्न १० प्रकारका वस्तु आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यस्तै, वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुनेछैन । 

सरकारले आगामी असार मसान्तसम्मका लागि आयातमा रोक गरेका वस्तुहरुः 

१.मोबाइल सेट

२.सबै प्रकारका तयारी मदिरा

३.कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

४.चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

५.हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट)

६.रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७.जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८.२५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९.खेल्ने तास

१०.सबै प्रकारका खेलौनाहरु