उपभोक्तामाथि खेलबाड: कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी
खबर एक्सप्रेस
२०७६-०८-०९ ११:०० मा प्रकाशित
Total Shares: 831
काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ ।
सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौँ मूल्यका चामल कुहिएको हो ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस