सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 8
काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० कायम भएको हो।अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ६१ हजार ७०० पुगेको थियो।
यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ४ हजार २५५ कायम भएको छ।
सोमबार सोही परिमाणको चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस