पोखरा - पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज अज्ञात समूहले बम विष्फोट गरेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग. २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिएका छन् ।