काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने नभई आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने संकल्प गर्ने दिन बनाउनुपर्ने बताएकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै मन्त्री गौतमले उनीहरूको बलिदानलाई राज्य सुधारको आधार बनाउनुपर्नेमा जोड दिएकी हुन्।