पदम लिम्बूको शवयात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप
खबर एक्सप्रेस
२०८०-०१-०९ ०२:३० मा प्रकाशित
Total Shares: 81
काठमाडौं - कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगर तनावग्रस्त बनेको छ ।
चैत ५ गते मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेपछि आज उनको अन्त्येष्टी गरिँदैछ ।
अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
रोडशेषमा ब्यारिकेड तोडे अघि बढ्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि झडप निम्तिएको हो । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच अझै घम्साघम्सी चलिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस