डीएसपी ठगबहादुर केसी निलम्बित
खबर एक्सप्रेस
२०७९-०९-१४ ०५:३३ मा प्रकाशित
Total Shares: 294
काठमाडौं,बुटवल-इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।
केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीमाथि अनुसन्धान गरेको थियो ।
उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस