निलम्बित गभर्नर अधिकारी सर्वोच्चमा, कारबाही बदर गर्न माग
खबर एक्सप्रेस
२०७९-०१-०४ ०३:०८ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।
आफूमाथि पूर्वाग्रही भएर सरकारले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै अधिकारीले रिट दायर गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।
सरकारले गर्भनरको कामकारबाहीमा असन्तुष्टि जनाउँदै गत चैत २५ गते पदबाट निलम्बन गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस